लगानी खबर, काठमाडाैँ - एनआईबिएल समृद्धि फण्ड १ ले हिजाे (भदाै ९ गते, बुधबार) बाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेकाे छ ।
फण्डले नगद लाभांश वितरण गर्नको लागि श्रावण २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियाे । त्यसैले श्रावण २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे थियाे ।
फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । त्यस्तै, फण्डको इकाई धितो राखेका इकाईधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र लाभांश वितरण गरिनेछ ।
फण्डकाे योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
सूचना पनि :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।