Like us!
Follow us!

तेह्रथुम पावरको आईपीओमा आवेदनको वर्षात, कतिले भरे ?

तेह्रथुम पावरको आईपीओमा आवेदनको वर्षात, कतिले भरे ?

लगानी खबर, काठमाडाैँ - तेह्रथुम पावर कम्पनी लिमिटेडको  साधारण सेयर (आईपीओ) मा निष्कासन तथा बिक्री खुल्ला गरेकाे पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको छ । कम्पनीको आईपीओमा पहिलो दिन नै मागभन्दा १० गुणा बढी आवेदन परेको हो ।

सिडिएससीका अनुसार आज (बुधबार) ५ बजेसम्म ५ लाख ४६ हजार ३६८ जना आवेदकले ७४ लाख ३९ हजार ४२० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।

कम्पनीले आज (भदौ ९ गते, बुधबार) बाट जारी पूँजीकाे २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएकाे छ ।

लगानीकर्ताले आईपीओ न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिने छ । पछिल्लो समय आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यो कम्पनीको आईपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ । कम्पनीको उक्त आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
त्यसैगरी, कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।