Like us!
Follow us!

नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजिनामा

नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजिनामा

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से )का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजिमाना दिएका छन् । उनले अर्थ मन्त्रालयमा पुगेर आज (मंगलबार) राजिनामा दिएका हुन् । 

उनको कार्यकाल आगामी असोज २२ गते सकिँदैछ । कार्यकाल सकिनु अगावै राजिनामा दिएका हुन् ।

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए ।

उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

No description available.

No description available.

No description available.

No description available.No description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।