Like us!
Follow us!

मंगलबार २५२५ जना संक्रमित थपिए, ३५ जनाको मृत्यु

मंगलबार २५२५ जना संक्रमित थपिए, ३५ जनाको मृत्यु

लगानी खबर, काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार ८६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर  १४ हजार ८ सय १० जनामा कोरोना परीक्षण भएकोमा २ हजार ५ सय २५ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे । 

त्यसैगरी, बितेको २४ घण्टामा  ३५ जना संक्रमितको मृत्यू भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० जना रहेका छन् ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।