लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से )का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजिनामा दिने भएका छन् । साउद राजिनामा दिन अर्थ मन्त्रालयमा पुगेका छन् ।
उनले अहिले साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको पनि आयोजना गरेका छन् । पत्रकार सम्मलेनमा उनले राजिनामाकाे सूचना दिन लागेका बुझिएकाे छ । उनको कार्यकाल आगामी असोज २२ गते सकिँदैछ ।
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए ।
उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।