लगानी खबर, काठमाडौं - आज मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ विन्दुमा पुगेको छ ।  आज नेप्से १.७६ प्रतिशतले घटेको हो ।  यस्तै, सेन्सेटिभ परिसूचक १२.८१ अंकले घटेर ५७७.६६ विन्दुमा पुगेको छ ।
आज कूल २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बजारमा भारी गिरावट आउँदा हाइड्रोपावर समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समूहको सेयरमूल्य ६.२१ प्रतिशतले घटेको हो । आज १४ वटा हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।
नेशनल हाइड्रो पावर कम्पनी, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसियल), खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपर्स,कालिका पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, यूनियन हाइड्रोपावर, शिव श्री हाइड्रोपावर र रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।
 
                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।