Like us!
Follow us!

सेयर बजारमा भारी गिरावट, १४ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट

सेयर बजारमा भारी गिरावट, १४ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट

लगानी खबर, काठमाडौं - सेयर बजारमा भारी गिरावट आएको छ । आज (मंगलबार) सेयर बजार ५४ अंकले घटेको हो । बजारमा गिरावट आउँदा हाइड्रोपावर समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । एक दर्जनभन्दा बढी कम्पनीमा सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । नेगेटिभ सर्किट लाग्ने कम्पनीहरुमा सबै हाइड्रोपावर रहेका छन् ।

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ विन्दुमा पुगेको छ ।  आज नेप्से १.७६ प्रतिशतले घटेको हो ।  यस्तै, सेन्सेटिभ परिसूचक १२.८१ अंकले घटेर ५७७.६६ विन्दुमा पुगेको छ ।

आज कूल २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कूल १३ उपसमूहमध्ये ११ वटा समूहको सेयर घटेको छ, भने बाँकी २ समूहको मात्र सेयरमूल्य बढेको छ । आज फाइनान्स र निर्जीवन बीमा समूहको मात्र सेयरमूल्य मात्र बढेको छ । आज हाइड्रोपावर समूहको सेयर ६.२१ प्रतिशतले घटेको हो ।  आज १४ वटा हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।


 

6124bbcb580e5.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।