Like us!
Follow us!

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

लगानी खबर, काठमाडौं - नेपाली बजारमा आज (मंगलबार) पनि सुन-चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला  ९१ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर छापवाला सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, आज चाँदी प्रतितोला १ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।