लगानी खबर, काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले ‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हुनेछ ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन ७ गते बिहीबारबाट साउन १२ गते, मंगलबारसम्म ७ वर्ष अवधिकाे ८.७५ प्रतिशत व्याजदर भएकाे ‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ नाममा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।