Like us!
Follow us!

जीवन विकास लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट, मूल्य कति पुग्यो ?

जीवन विकास लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट, मूल्य कति पुग्यो ?

लगानी खबर, काठमाडौं - कारोबार सुरु भएको पहिलो घण्टामा नै जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 
कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ४ हजार २ सय ९६ रुपैयाँ ७० पैसा  पुगेको हो । 

संस्थाले साउन १४ गते बिहिबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गरेको थियो । कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता ९१४ रूपैयाँमा भएकाे छ ।

त्यसैगरी, यता खानीखोला हाइड्रोपावर, रुरु जलविद्युत, आँखु खोला जलविद्युतको सेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो  । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४.३५ अंकले घटेर ३१७६.५४ विन्दुमा पुगेको छ भने 3 अर्ब ६५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भइसकेको छ ।

61248df1c47e7.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।