Like us!
Follow us!

मेरो माइक्रोफाइनान्सले ५ लाख ८३ हजार कित्ता सेयर लिलामी ल्यायो, मूल्य कति ?

मेरो माइक्रोफाइनान्सले ५ लाख ८३ हजार कित्ता सेयर लिलामी ल्यायो, मूल्य कति ?

लगानी खबर, काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला भएको छ । संस्थाले  ५ लाख ८३ हजार ५ सय ९८ कित्ता संस्थापक सेयर आज (भदाै ८ गते, मंगलबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे  हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदाै १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य ५ सय ८० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी  न्यूनतम एक हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नागपाेखरी, काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

61247ef13b445.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।