लगानी खबर, काठमाडाैँ - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे छ ।
संस्थाकाे सञ्चालक समितिकाे बैठकले यस संस्थाकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।
अब उप्रान्त संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।