Like us!
Follow us!

गत आर्थिक वर्षको वित्तीय विवरणलाई नियाल्दा कुन बैंक कति बलियो ?

गत आर्थिक वर्षको वित्तीय विवरणलाई नियाल्दा कुन बैंक कति बलियो ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत अघिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को चौंथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । केहि कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुन् बाँकी रहे पनि अधिकांश कम्पनीहरुले समयमै आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका हुन्  । त्यसमध्ये आज हामी वाणिज्य बैंक समूहको चर्चा गर्न गइरहेका छौं । 

नेपालमा 'क' वर्गको प्रतिनिधित्व गर्ने २७ वटा वाणिज्य बैंकहरु छन् ।  २७ बैंकमध्ये २६ वटा बैंकहरु नेप्सेमा सूचिकृत छन् । राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य २६ बैंक नेप्सेमा सूचिकृत रहेको छ ।  ती सबै बैंकहरुले अहिले गत आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । 

लगानीको लागि अन्य क्षेत्रभन्दा सुरक्षित मानिने वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म कस्तो वित्तीय प्रगति गरेका छन् । कुन बैंकले कुन समूहमा प्रगति हासिल गरेका छन् ।  आज हामी सो सम्बन्धि चर्चा गर्न गइरहेका छौं  ।

कुनैपनि कम्पनीले आफ्नो वितरणयोग्य मुनाफाको आधारमा आफ्ना लगानिकर्तालाई प्रतिफल दिने गर्छ ।  त्यसैले कुनैपनि कम्पनीको वितरणयोग्य मुनाफाबाट नै लगानीकर्ताले कुन कम्पनीले कति लाभांश वितरण गर्न सक्ने भन्नेबारे आंकलन गर्न सक्छन् ।

यसरी गत आर्थिक वर्षको अन्तिमसम्ममा सार्वजनिक वित्तीय विवरणलाई हेर्ने हो भने मुनाफा गर्न सबैभन्दा बलियो नबिल बैंक लिमिटेड रहेको छ । नबिल बैंक मुनाफा वितरण गर्नमा सबैभन्दा बलियो देखिएको छ । समिक्षा अवधीसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । 

त्यसैगरी, सो अवधिसम्म सबैभन्दा कम वितरण योग्य मुनाफा नेपाल एसबिआई बैंकको देखिन्छ । एसबिआई बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक बर्षको अन्तिमसम्ममा ३३ करोड ९२ लाख रुपैयाँमा सीमित देखिन्छ । 

यद्यपी समग्रमा २७ वटै वाणिज्य बैंकको वित्तीय विवरणलाई नियाल्ने हो भने सबैभन्दा बढी वितरण योग्य मुनाफा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यो नेप्सेमा सूचिकृत नभएकोले यसले प्रतिफल भने दिंदैन ।  राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ४२ करोडभन्दा धेरै रहेको छ ।

यता, सबैभन्दा बढी मुनाफा आर्जन गर्ने बैंकमा पनि नबिल बैंक लिमिटेडले नै अग्रस्थान ओगटेको छ । कम्पनीले गत वर्षको चौंथो त्रैमाससम्म ४ अर्ब ५० करोड खुद मुनाफा आर्जन गरेको छ । त्यसैगरी दोस्रो र तेस्रोमा क्रमश: ग्लोबल आईएमई बैंक र राष्ट्रिय बाणिज्य बैंक रहेका छन् ।  सो अवधिसम्म सबैभन्दा कम खुद नाफा आर्जन गर्नेमा सिभिल बैंक लिमिटेड रहेको छ । असार मसान्तसम्म बैंकले ५६ करोड मात्र खुद नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजीको आधारमा वाणिज्य बैंकहरुलाई तुलना गर्ने हो भने ग्लोबल आईएमई बैंकले अग्रस्थान ओगटेको छ । असार मसान्तसम्म बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रहेको छ । त्यसैगरी, एनएमबि बैंकको चुक्ता पूँजी १६ अर्ब ३२ करोड र तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चुक्ता पूँजी १६ अर्ब २५ करोड रहेको छ । सबैभन्दा कम चुक्ता पूँजी भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

जगेडा कोषको आधारमा नेपाल बैंक लिमिटेड अगाडी रहेको छ । बैंकको जगेडा कोषमा २० अर्ब ६१ करोड रुपैयाँ संचित छ ।  जगेडा कोषमा सबैभन्दाकमजोर सेन्चुरी कमर्शियल बैंक रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ मात्र संचित रहेको छ ।

त्यसैगरी, सबैभन्दा धेरै खुद व्याज आम्दानी एनआईसी एशिया बैंक लिमिटेडले गरेको छ । सो अवधिसम्म ९ अर्ब २२ करोड खुद व्याज आम्दानी आर्जन गर्न सफल भएको छ । 

प्रतिसेयर आम्दानीमा राष्ट्रिय बाणिज्य बैंकले अग्रस्थान ओगटेको छ । बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २७ पैसा रहेको छ  । त्यसैगरी नबिल बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।  त्यसैगरी, सिभिल बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा कम ६ रुपैयाँ ४७ पैसा रहेको छ ।


यसरी हेर्दा गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तिय विवरणका आधारमा वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफाको अवस्था यस्तो छः

612349333d2af.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।