Like us!
Follow us!

खुला बजार कारोबार भनेको के हो ? नेपालमा खुला बजार कारोबार कसले सञ्चालन गर्दछ ?

खुला बजार कारोबार भनेको के हो ? नेपालमा खुला बजार कारोबार कसले सञ्चालन गर्दछ ?

बजारमा तरलता व्यवस्थापन गर्ने र व्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले छोटो अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद बिक्री गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ ।

खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरीद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकोले बजारमा मुद्राको आपूर्ति बढ्दछ र ब्याजदर कम हुन जान्छ । त्यस्तै, खुला बजारमा ऋणपत्र विक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरतला प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र व्याजदर बढ्दछ ।

नेपालमा खुला बजार कारोबार कसले र कुन आधारमा सञ्चालन गर्दछ ?

नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभाग अन्तर्गत रहेको “खुला बजार कारोबार सञ्चालन समिति” ले मौद्रिक नीतिका उद्देश्यहरू प्राप्त गर्न नियमित, आकस्मिक एवम् संरचनात्मक प्रकृतिको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले तयार गर्ने तरलता अनुगमन तथा प्रक्षेपण संरचना सम्बन्धी प्रतिवेदन तथा निक्षेप एवम् कर्जाको विस्तार, अन्तर बैंक ब्याजदर, विदेशी विनिमयको प्रवाह लगायतका वित्तीय सूचकका आधारमा आवश्यकता अनुसार खुला बजार कारोबार सञ्चालन गर्दछ ।

(श्राेत : नेपाल राष्ट्र बैंक)

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।