Like us!
Follow us!

मानुषी लघुवित्तको आईपीओ भाेलि बाँडफाँड हुँदै, २३ लाख बढीकाे हात खाली हुने निश्चित

मानुषी लघुवित्तको आईपीओ भाेलि बाँडफाँड हुँदै, २३ लाख बढीकाे हात खाली हुने निश्चित

लगानी खबर, काठमाडाैँ - मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (भदाै ७ गते, साेमबार) हुने भएकाे छ । उक्त आईपीओकाे प्री-अलाेटमेन्ट भदाै ३ गते, बिहीबार सम्पन्न भएकाे थियाे । 

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ८३.१० गुणा धेरै हो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् । बाँकी २३ लाख बढी आवेदककाे हात खाली हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।