Like us!
Follow us!

नेशनल हाइड्रोपावरकाे वित्तीय अवस्था कस्ताे छ ?

नेशनल हाइड्रोपावरकाे वित्तीय अवस्था कस्ताे छ ?

लगानी खबर, काठमाडाैँ - नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त  विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा २ करोड २१ लाख ८२ हजार खुद नोक्सानीमा छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यता, विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घटेर २ करोड ५४ लाख १४ हजार रुपैयाँमा सीमित हुन पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो । 

२०७७ सालमा आएको बाढिका काराण गत वर्षको असार र साउनमा गरी कम्पनीको ५२ दिन विद्युत उत्पादन बन्द भएको थियो भने २०७८ मा आएको बाढिका कारण पनि कम्पनीको परियोजना अबरुद्ध हुँदा कम्पनीको आयोजनाबाट हाल सम्म पनि बिद्युत उत्पादन सुरु नभएको र मर्मतको काम भइरहेको कम्पनीले जनाएको छ । 

कम्पनीले प्रकाशन गरेको विवरण अनुसार कम्पनीले २०७८ असारमा आएको बाढिका कारण भएको क्षचि बापत ८ करोड ७५ लाख बिमा दावी गरेको र उत्तः दाबि समिक्षा अवधिको आम्दमनीमा उल्लेख नगरीएको जनाएको छ । 

हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने ३५ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २१ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३७ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।