Like us!
Follow us!
अबको अर्थमन्त्री को ?

ओलीलाई अर्थमन्त्री छान्नु सकस: यी हुन् प्रमुख दाबेदार

ओलीलाई अर्थमन्त्री छान्नु सकस: यी हुन् प्रमुख दाबेदार

लगानीखबर, काठमाडौँ - पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रीबाट राजिनामा गरेपछि प्रधानमन्त्री ओलीले अर्थमन्त्रालयको जिम्मा आफै सँग राखेका छन्।    कोभिडले डरलाग्दो असर गरेको अवस्थामा देशको अर्थतन्त्र चलाउने साँचो प्रधानमन्त्रीले निकै समय सम्म आफूले राख्न सहज अवस्था छैनन्। 

नेपालको संविधान र नेकपा सचिवालयको निर्णयले पनि प्रधानमन्त्रीले आफूले चाहेका पात्र  डा. युवराज खतिवडालाई अर्थमन्त्रालयको जिम्मामा निरन्तरता दिन्न सकेनन्। 

अबको अर्थमन्त्री प्रधानमन्त्रीले कसलाई नियुक्त गर्छन, यस्ता छन् ओलीका हालका विकल्प 

१. अनुभवी सुरेन्द्र पाण्डेलाई जिम्मा  

सुरेन्द्र पाण्डे अर्थमन्त्रालयमा टेस्टेड नाम हुन्। ०६६ जेष्ठ खेखि ०६७ माघ सम्म नेपाल कै सफल अर्थमन्त्रीकोको कमान सम्हालिसकेका छन् । तर पाण्डेलाई अर्थमन्त्री ओलीले सजिलै बनाउन गाहारो नै छ। पाण्डे माधव कुमार नेपाल खेमाको परेको हुनाले पनि उनको अर्थमन्त्री बन्ने बाटो सजिलो छैन।  कोरनाले ठुलो असर गरेको अवस्थामा  ओली गुट उपगुट बाट उठेर अनुभवी पाण्डेलाई मन्त्रालय समाल्ने जिम्मा दिए ओलीको प्रसंशा नै हुने देखिन्छ। 

२. बामदेब गौतमलाई अर्थको जिम्मा दिने 
नेकपाले बामदेव गौतमलाई सरकारको तर्फबाट राष्ट्रिय सभामा पठाउने निर्णय भइसकेको छ। सम्भवत अबको मन्त्री परिषदले उनलाई राष्ट्रिय सभामा मनोनित गर्ने छ।  यस अघि राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरि संबिधान संशोधन गरे मात्र राष्ट्रिय सभामा जाने भन्ने उनै बामदेव संबिधान संशोधन नहुने अवस्थामा पनि राष्ट्रियसभामा जानुको उपप्रधानमन्त्री र अर्थमन्त्राल्य समाल्ने मनसायले हुनसक्ने आकलन गरिएको छ। गौतम बर्दियाबाट प्रतिनिधिसभा सदस्यको चुनावमा पराजित भएका थिए व्यक्ति चोरबाटोबाट सांसदबनाउन लागेकोमा सर्वसाधारणले भने यो कदम् रुचाएको देखिदैन। संसद बने पनि गौतमलाई मन्त्री हुन भने सहज छैन। संबिधान विदहरु हारेको व्यक्ति उपधारा १ बमोजिम नियुक्त गर्न सकिने मन्त्री बन्न नपाउने संविधानको आशय रहेकोले गौतम मन्त्री बन्ने सम्भावना नभएको तर्क गर्छन।  विज्ञ र राष्ट्रिय जीवनमा योगदान दिएका व्यक्तिहरूलाई ठाउँ दिनु पर्ने मान्यता राखिने माथिल्लो सदन दलहरूका निम्ति आफ्ना नेता-कार्यकर्ताको व्यवस्थापनको थलो भनेको भनेर दलहरुको विरोध हुदै आएता पनि दलहरुले यी आवाजलाई नजरअन्दाज गरेका छन्। ओलीलाई अहिलेको अवस्था आफ्नो सरकारमा पकड बलियो बनाउन र बामदेबलाई आफ्नो पक्षमा पार्न ओलीले बामदेवलाई अर्थको जिम्मा दिन सक्ने छन्। 

३. पार्टीको समिकरण मिल्ने गरि पार्टी महासचिव पौडेललाई जिम्मा 
अहिलेको अवस्थामा पार्टीको काममा लाग्ने र मन्त्री नबन्ने बताएका नेकपाका महासचिव विष्णु पौडेललाई पनि अर्थ मन्त्री बनाउने आकलन गरिएको छ।  पार्टीको समीकरण मिल्ने र पौडेल ओली खेमाकै परेकोले प्रधानमन्त्री ओलीलाई पनि सजिलो हुने हिसाबले महासचिव पौडेल पनि अर्थमन्त्री बन्न सक्ने ओलीको विकल्पमा देखिन्छ।   

४. युवराज खतिवडालाई आर्थिक सल्लाहकार निक्युक्त गर्दै, अर्थ आफ्नो मातहतमा राख्ने  
पार्टीबाट दबाब नभएको भए अहिले प्रधानमन्त्री ओलीले सायद राष्ट्रिय सभामा युवराज खतिवडालाई मनोनित गर्दै अर्थ मन्त्रालयमा निरन्तरता दिने थिए। त्यो संम्भव नभएकोले खतिवडाले अन्तत राजिनामा दिनु पर्यो। खतिवडाको कामकारवाहीबाट सर्वसाधारण, लगानीकर्ता र निजि क्षेत्र खुशी नभएता पनि प्रधानमन्त्री ओली भने खतिवडाको कामबाट एकदम सन्तुष्ट देखिन्छन। तेसैले ओलीले युवराज खतिवडालाई आर्थिक सल्लाहकार नियुक्त गर्दै, सबै काम खतिवडालाई नै दिन सक्ने पनि देखिएको छ।  ओलीले अर्थको जिम्मा आफ्नै मातहतमा राख्नुले पनि अझै देशको अर्थ मन्त्रालय खतिवडालाई नै चलाउन दिने विकल्प पनि ओलीमा रहेको देखिन्छ।    
   


    

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।