Like us!
Follow us!

नेप्सेमा ६ कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

नेप्सेमा ६ कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

लगानी खबर, काठमाडौं - यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) माविभिन्न ६ कम्पनीको सेयर सूचिकृत भएको छ ।  जसमा २ कम्पनीको बोनस सेयर, ३ कम्पनीको ऋणपत्र र एक कम्पनीको प्राप्तिपश्चातको सेयर रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे सेयर सूचीकृत भएकाे छ ।

स्टकका अनुसार नेपाल फाइनान्स कम्पनी लिमिटेडले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि नेपाल फाइनान्सको नामबाट १८ लाख ७९ हजार ४ सय ५२ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

याेसँगै अब ललितपुर फाइनान्सका शेयरधनीहरूको सेयर नेपाल फाइनान्स कम्पनी लिमिटेडको नामबाट खातामा देखिनेछ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले १:१ सेयर स्वाप रेसियोमा ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेकाे हाे ।

त्यसैगरी, स्टकका अनुसार "४ प्रतिशत एनएमबि उर्जा ऋणपत्र - २०९२/९३" काे १५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

बैंकले १ हजार रुपैयाँको दरमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई  १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४% – २०९२-९३’ निष्काशन बिक्री गरेको  थियो । जसमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि बिक्री गरेको थियो  ।


त्यसैगरी, "८.५० प्रतिशत एनएमबि ऋणपत्र - २०८७/८८" काे २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । 

एनएमबि बैंक लिमिटेडले १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर  भएको "एनएमबि ऋणपत्र ८.५०%- २०८७/८८" जारी गरेको थियो । २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमध्ये  बैंकले १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरेको थियो भने  ८ लाख कित्ता(सो मध्ये ५% सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणका निष्काशन गरेको थियो । 

यसै साता नेप्सेमा राधी विद्युत कम्पनी लिमिटेडकाे ३६.५ प्रतिशत बाेनस बापतकाे १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट हालको चुक्तापुँजीको ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

त्यसैगरी, लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ५ लाख ७० हजार ९ सय कित्ता सेयर सूचिकृत भएको हाे ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियाे ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंक लिमिटेडको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” को २६ लाख ५० कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

प्रभु बैंक लिमिटेडले जेठ ११ गते, मंगलबारदेखि जेठ २६ गते, बुधबारसम्म १० वर्ष अवधिकाे लागि “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७"  नाममा प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।