Like us!
Follow us!

महालक्ष्मी विकास बैंक र सिप्रदि ट्रेडिङबीच सुलभ कर्जा उपलब्ध गराउने सम्झौता

महालक्ष्मी विकास बैंक र सिप्रदि ट्रेडिङबीच सुलभ कर्जा उपलब्ध गराउने सम्झौता

लगानी खबर, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङसँग २०७८ साल भाद्र ४ गते शुक्रबार सम्झौता गरेको छ । 

उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङबाट ग्राहकहरुले TATA ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ । 

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।