Like us!
Follow us!

एनएलजी इन्स्योरेन्सको सेयर बिक्रीमा

एनएलजी इन्स्योरेन्सको सेयर बिक्रीमा

लगानी खबर, काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनीले ५७९.७० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनी सनराइज बैंकको नाममा रहेको ५७९ दशमलव ७० कित्ता सेयर र नेप्सेमा सूचीकृत हुन बाँकी आव २०७६/ ७७ को ५२.७० कित्ता बोनस सेयर विक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता ५९३.५५ तोकिएको छ त्यसैले, लगानीकर्ताले हुँदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी निवेदन पेश गर्नुपर्नेछ  । कम्पनीले इच्छुक सेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आरबिबि मर्चेण्टमा निवेदन दिन भनेको छ ।

उक्त समयअवधिमा संस्थापक सेयरधनीको आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।