लगानी खबर, काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडलाई सेयर बेच्न हम्मेहम्मे परेको छ । बैंकले यसअघि पनि पटक-पटक बिक्रीमा ल्याउँदा बिक्री नभएपछि ३ कम्पनीको सेयर पुन: लिलामीमा ल्याएको छ ।
बैंकले आफ्नाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (भदाै ४ गते, शुक्रबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हो । जसमा मेराे माइक्राेफाइनान्सकाे ८६ हजार ३ सय ३९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६ हजार ६५ कित्ता र नागरिक लगानी काेषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संरहेको छ ।
मेराे माइक्राेफाइनान्स लघुवित्तको न्यूनतम मूल्य ५७६ रुपैयाँ तोकिएको छ त्यसैगरी, क्रमशः आरएमडीसी लघुवित्त र नागरिक लगानी काेषको मूल्य क्रमशः ६०३ रुपैयाँ र १४१० रुपैयाँ तोकिएको छ ।
उक्त सेयरमा लगानीकर्ताले आज (भदाै ४ गते, शुक्रबार) बाट भदौ १८ गते, शुक्रबारसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले मेराे माइक्राेफाइनान्स र नागरिक लगानी काेषकाे सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । आरएमडीसी लघुवित्तकाे सेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले मेराे माइक्राेफाइनान्स र आरएमडीसी लघुवित्तकाे हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी काेषकाे सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।