लगानी खबर, काठमाडौं – निषेधाज्ञाले गर्दा सम्पूर्ण व्यवसायहरू ठप्प भएकाे बेलामा नेपाल सरकारलाई भने करकै चिन्ता परेकाे छ । अहिलेकाे यस्ताे विषम परिस्थितीमा पनि सरकारले कर संकलन गर्ने प्रयाेजनार्थका लागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु खुला गर्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले आज, भाेलि र पर्सी अर्थात भाद्र २३ गते, २४ गते र २५ गते सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु खुला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै राजस्व (कर) संकलनका लागि बैंक तथा वित्तीय संस्थाहरुको शाखा र नेपाल क्लियरिङ हाउसलाई खुल्ला राख्न आह्वान गरेकाे हाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।