Like us!
Follow us!

नेप्सेमा सिनर्जी पावरको सेयर मूल्य समायोजन

नेप्सेमा सिनर्जी पावरको सेयर मूल्य समायोजन

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयर मूल्य ६३४ रुपैयाँ कायम भएको छ । नेप्सेले हिजो (बिहिबार) अन्तिम कारोबार मूल्य ६९७ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारसभा तथा लाभांश प्रयोजनार्थ आज भदौ भदौ ४ गतेदेखि गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गरेसँगै कम्पनीको सेयर मूल्य समायोजन गरिएको हो । कम्पनीको सञ्चालक समितीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश् (कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको थियो । 

कम्पनीको साउन २६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा भाद्र १८ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

611f357030584.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।