Like us!
Follow us!

मेरो सेयरको पासवर्ड बिर्सिनुभयो ? अब यसरी रिसेट गर्न सकिने

मेरो सेयरको पासवर्ड बिर्सिनुभयो ? अब यसरी रिसेट गर्न सकिने

लगानी खबर, काठमाडौं - नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा कार्यन्यनमा ल्याइएको छ । मेरो सेयरमा 'फरगट योर पासवर्ड' अप्सन थपेसँगै प्रयोगकर्ता अब आफैँले पासवर्ड रिसेट गर्न मिल्ने भएको हो । 

यससँगै अब लगानीकर्ताहरुलाई पासवर्ड विर्षेमा रिसेटका लागि सम्बन्धित डीपीमा आग्रह गर्नुपर्ने बाध्यता हटेको छ । हालसम्म  ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले  सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ । यो सेवा निशुल्क भएपनि कतिपय यस्तो सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए । यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने बाध्यता हट्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।