Like us!
Follow us!

नेप्सेमा १८ लाख ७९ हजार कित्ता सेयर थपियो

नेप्सेमा १८ लाख ७९ हजार कित्ता सेयर थपियो

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे सेयर सूचीकृत भएकाे छ ।

स्टकका अनुसार नेपाल फाइनान्स कम्पनी लिमिटेडले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि नेपाल फाइनान्सको नामबाट १८ लाख ७९ हजार ४ सय ५२ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

याे सँगै अब ललितपुर फाइनान्सका शेयरधनीहरूको सेयर नेपाल फाइनान्स कम्पनी लिमिटेडको नामबाट खातामा देखिनेछ । 

नेपाल फाइनान्स कम्पनी लिमिटेडले १:१ सेयर स्वाप रेसियोमा ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेकाे हाे ।

611e1c5f98c34.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।