लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा ऋणपत्र सूचिकृत भएको छ । "एनएमबि उर्जा ऋणपत्र ४%-२०९२" र एनएमबि उर्जा ऋणपत्र ८.५ को ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
स्टकका अनुसार "४ प्रतिशत एनएमबि उर्जा ऋणपत्र - २०९२/९३" काे १५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
बैंकले १ हजार रुपैयाँको दरमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४% – २०९२-९३’ निष्काशन बिक्री गरेको थियो । जसमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि बिक्री गरेको थियो ।

त्यसैगरी, "८.५० प्रतिशत एनएमबि ऋणपत्र - २०८७/८८" काे २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
एनएमबि बैंक लिमिटेडले १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर भएको "एनएमबि ऋणपत्र ८.५०%- २०८७/८८" जारी गरेको थियो ।
२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरेको थियो भने ८ लाख कित्ता(सो मध्ये ५% सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणका निष्काशन गरेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।