लगानी खबर, काठमाडौं – सहारा विकास बैंक लिमिटेडकाे लिलामी मार्फत खुल्ला भएकाे संस्थापक समूहकाे शेयर भर्ने आज (भाद्र २३ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । बैंकले श्रावण ३० गते शुक्रबारबाट संस्थापक समूहकाे ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।
बैंकले जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर खुल्ला गरेकाे थियाे । उक्त अवधिभित्र आवेदन नपरेकाे बाँकी शेयर बैंकले लिलामी मार्फत बिक्री गरेकाे हाे ।
उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आजसम्म मात्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंककाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय तथा सहारा विकास बैंकका सबै शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङ शाखाबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।