Like us!
Follow us!

आईपीओ निष्कासनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको वित्तीय अवस्था कस्तो छ ?

आईपीओ निष्कासनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको वित्तीय अवस्था कस्तो छ ?

लगानी खबर, काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौंथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

असार मसान्तसम्म आइपुग्दा संस्थाको खुद नाफा ६६.८३ प्रतिशतले बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ।  अघिल्लो वर्षको सोहि अवधिमा संस्थाले ९ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

त्यसैगरी, सो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ७१.२४ प्रतिशतले बढेर २५ करोड ९२ लाख रुपैयाँ भएको छ। समीक्षा अवधिसम्म संस्थाले ४१ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

संस्थाको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा ४२ करोड ७३ लाख २५ हजार रुपैयाँ सञ्चित छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता  आईपीओ निष्कासनको अनुमति माग्दै असार ६ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ। 

इक्रा नेपालले कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर- बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।