Like us!
Follow us!

ब्रोकरको काम गर्न पाउँ भनी विकास बैंकले लेखे बाेर्डलाई पत्र

ब्रोकरको काम गर्न पाउँ भनी विकास बैंकले लेखे बाेर्डलाई पत्र

लगानी खबर, काठमाडाैँ - विकास बैंकहरूले पनि आफ्ना सहायक कम्पनीहरुमार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिनका लागि नेपाल धितोपत्र बाेर्डलाई पत्र लेखेका छन् । 

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा “बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ” भन्ने र सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिइ नेपाल धितोपत्र बाेर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुँदामा “प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ” भन्ने व्यवस्था अनुसार ब्रोकरको अनुमती माग्दै विकास बैंकहरूले बाेर्डलाई पत्र लेखेका हुन् । 

विकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त लिइ बैंकिङ्ग सेवा प्रदान गर्दछन् ।  

राष्ट्रिय स्तरका विकास बैंकहरुको औषत चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ नाघी सकेको छ । त्यसैगरी विकास बैंकहरुले एक हजार बढी शाखाबाट करिव ४१ लाख खातावालाहरुलाई  बैंकिङ् सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् । त्यसैगरी, २०७८ असार मसान्तसम्ममा ४४५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ३८३ अर्व रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।