Like us!
Follow us!

हालसालै आईपीओ जारी गरेको रुरु जलविद्युतले गर्यो बम्पर लाभांश घोषणा, बोनस कति ?

हालसालै आईपीओ जारी गरेको रुरु जलविद्युतले गर्यो बम्पर लाभांश घोषणा, बोनस कति ?

लगानी खबर, काठमाडौं - रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका बम्पर लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ १ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको हो। 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ छ । 

कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। 

611c9349b751e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।