लगानीखबर, काठमांडौ- अरुण काबेली पावर पावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको अठारौ वार्षिक साधारण सभा भाद्र २६ गते, शुक्रबार कम्पनीको प्रधानकार्यालय, ट्रेडटावर काठमांडौबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट आकर्षक आभाशं समेत घोषणा गरेको छ ।
हिजो मंगलबार बसेको संचालक समितीको बैंठकले गत आर्थिक बर्षको मूनाफाबाट आफ्नम सेयरधनीहरुलाई १७ प्रतिशत बोनश सेयर र ०।८९ प्रतिशत नगद लाभांश९कर प्रयोजनार्थ० वितरणको प्रस्ताव गरेको हो । कम्पनीले बोनश सेयर वितरण पश्चात १ः१ को अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव समेत साधारणसभामा लैजानेछ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भदौ १५ गतेदेखी बुकक्लोज गर्ने निर्णय समेत गरेको छ । त्यसैले भदौ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलेमात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै सभाले हकप्रद निष्काशनका सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त र्निदेशन बमोजिमका कार्य गर्न गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु मथि छलफल गरी पारित गर्ने छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।