Like us!
Follow us!

मन्दाकिनी हाइड्रोपावरले १७ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

मन्दाकिनी हाइड्रोपावरले १७ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

लगानी खबर, काठमाडौं - मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न बि.ओ.के.क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक र सेयर रजिष्ट्रार नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा बिओके क्यापिटल लिमिटेडकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्मा र मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेश बहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने १७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको १७ लाख ६४ हजार १ सय ११ कित्ता आईपीओ निष्कासन गर्न लागेको हाे ।

मन्दाकिनी हाइड्रोपाव।र लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नै गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।