लगानी खबर, काठमाडौं - यस महिनाको पहिलो कारोबार दिन आज (मंगलबार) सेयर बजार झिनो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३१ विन्दुमामा पुगेको छ । मंगलबार नेप्से परिसूचक ०.०१ प्रतिशतले बढेको हो ।
झिनो अंकले बढेको बजारमा आज एनआइबिएल प्रगती फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर ३.८६ प्रतिशतले घटेर १३ रुपैयाँ ४६ पैसा पुगेको छ ।
त्यसैगरी, सर्वाधिक सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : १० प्रतिशत नविल डिबेञ्चर २०८२, सिद्धार्थ इक्विटी फण्ड, माछापुच्छ्रे बैंक, प्राइम लाइफ इन्स्योरेन्स, नेशलन माइक्रोफाइनान्स वित्तीय संस्था, मिर्मिरे माइक्रोफाइनान्स, नेपाल एसबिआई बैंक, लाइफ इन्स्योरेन्स co. नेपाल र इन्फिनिटी लघुवित्त वित्तीय संस्था रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।