Like us!
Follow us!

मंगलबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

मंगलबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - यस महिनाको पहिलो कारोबार दिन आज (मंगलबार) सेयर बजार वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३१ विन्दुमामा पुगेको छ । मंगलबार नेप्से परिसूचक ०.०१ प्रतिशतले बढेको हो । 

बढेको बजारमा आज अपि पावर कम्पनी लिमिटेडले सार्वाधिक कारोबार गरेको छ । आज कम्पनीले ८६ करोड ३८ लाख २४ हजार ७ सय १७ रुपैयाँको कारोबार गरेको छ  । 

त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेपाल बैंक लिमिटेड, फर्स्ट माइक्रोफाइनान्स, नेशनल हाइड्रोपावर, हिमालयन डिस्टिलरी लिमिटेड र मुक्तिनाथ विकास बैंक रहेका छन् । 
 

611b8d16cfbc0.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।