Like us!
Follow us!

नेप्सेमा सामान्य सुधार, एक दर्जन कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्सेमा सामान्य सुधार, एक दर्जन कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडाैँ - सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३१ विन्दुमा पुगेकाे छ । नेप्से ०.०१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ०.३५ अंकले बढेर ५९३.२८ विन्दुमा पुगेकाे छ ।

कूल २२१ वटा कम्पनीकाे ३ कराेड ६ लाख १३ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २ सय ३७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

मंगलबार सर्वाधिक काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा अपि पावर रहेकाे छ । त्यसपश्चात् धेरै काराेबार हुने अन्य कम्पनीहरूमा एचआईडीसीएल, अरूण काबेली, अरूण भ्याली, रिडी हाइड्रोपावर, नेपाल बैंक लगायतका कम्पनीहरू रहेका छन् ।

मंगलबार ११ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आँखुखोला जलविद्युत, माउन्टेन इनर्जी, अरूण काबेली पावर, सिईडिबी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, फर्स्ट माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर र रूरू जलविद्युतकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन एनआईबीएल प्रगति फण्ड, १० प्रतिशत नबिल डिबेञ्चर २०८२, सिद्धार्थ इक्विटी फण्ड, माछापुच्छ्रे बैंक, प्राइम लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरूले सर्वाधिक नाफा गुमाएका छन् । 

हेर्नुस् मंगलबारकाे सेयर तालिका :

611b877c7bcbe.jpg 611b8785cba43.jpg 611b8791c9e46.jpg 611b879722957.jpg 611b87a8d365f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।