लगानी खबर, काठमाडौं - यस महिनाको पहिलो कारोबार दिन आज (मंगलबार) सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३१ विन्दुमामा पुगेको छ । मंगलबार नेप्से परिसूचक ०.०१ प्रतिशतले बढेको हो ।
बढेको बजारमा आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेर ४ सय ६३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : रुरु जलविद्युत परियोजना लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, अरुण काबेली पावर, माउन्टेन इनर्जी नेपाल लिमिटेड, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेड, गोर्खाज फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र हिमाल दोलखा हाइड्रोपावर रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।