Like us!
Follow us!

देउवा सरकारद्वारा २० प्रतिशत पुर्‍याएर दल विभाजन सकिने गरी अध्यादेश जारी

देउवा सरकारद्वारा  २० प्रतिशत पुर्‍याएर दल विभाजन सकिने गरी अध्यादेश जारी

लगानी खबर, काठमाडाैँ - सरकारले दल विभाजनलाई सहज बनाउने उद्देश्यले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकले केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुर्‍याएर दल विभाजन सकिने गरी अध्यादेश ल्याएको स्रोतले बताएको छ ।

अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । बालुवाटारनिकट स्रोतका अनुसार अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास गएका हुन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।