Like us!
Follow us!

किसान लघुवित्तकाे नाफामा छलाङ ! कस्ता छन् अन्य सूचक ?

किसान लघुवित्तकाे नाफामा छलाङ ! कस्ता छन् अन्य सूचक ?

लगानी खबर, काठमाडाैँ - किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले  १४ करोड ९० लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १८५८.०५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ४० करोड १० लाख ५३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३१३.४२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९ करोड ९० लाख ८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

यसै अवधिसम्म संस्थाकाे सञ्चालन नाफा ९२९.३६ प्रतिशतले बढेर १७ करोड ८२ हजार रुपैयाँ पुगेको छ ।  गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ६५ लाख २३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

संस्थाको चुक्ता पूँजी ३९ करोड २८ लाख रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा २४ करोड २५ लाख रुपैयाँ सञ्चित छ । संस्थाकाे प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ९५ पैसा रहेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ६२ पैसा रहेकाे छ । संस्थाकाे मूल्य आम्दानी अनुपात ४५.८५ गुणा रहेकाे छ ।

संस्थाले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

611b4cdca1ab6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।