Like us!
Follow us!

एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० को लाभांश घोषणा

एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० को लाभांश घोषणा

लगानी खबर, काठमाडाैँ - एनएमबि बैंक काेष प्रवर्द्धक रहेकाे तथा एनएमबि क्यापिटल लिमिटेडले व्यवस्थापन गरेकाे २ वटा म्युचुअल फण्डहरूले लाभांश घाेषणा गरेका छन् । एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् ।

एनएमबि क्यापिटलकाे हिजाे (साउन ३२ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई करसहित २० प्रतिशत र एनएमबि ५० का इकाईधनीहरूलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

लाभांश वितरण गर्ने प्रयाेजनका लागि दुवै फण्डले भदाै १८ गते, शुक्रबार एक दिन बुकक्लाेज गर्ने घाेषणा गरेका छन् । त्यसैले, भदाै १७ गतेसम्म नेप्सेमा काराेबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

611b4963da616.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।