लगानी खबर, काठमाडौं - ङादी ग्रुप पावर लिमिटेडले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको साउन ३२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निरानायानुसार उक्त सभा असोज ३ गते काठमाडौंको अनामनगरस्थित क्विन्स क्याफेमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/८८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २०० प्रतिशत अर्थात् १:२ अनुपातको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
यसका साथै, बोनस तथा हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले भदौ १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।