Like us!
Follow us!

सोमबार यी १० कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

सोमबार यी १० कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

लगानी खबर, काठमाडौं - यस महिनाको अन्तिम कारोबार दिन आज (सोमबार) सेयर बजार वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५.७२ अंकले बढेर ३१६०.०५ विन्दुमामा पुगेको छ । सोमबार नेप्से परिसूचक ०.१८ प्रतिशतले बढेको हो । 

वृद्धि भएको बजारमा आज आइसि एफसि फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर ६.२७ प्रतिशतले घटेर ९ सय ५६ रुपैयाँमा ८५ पैसामा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : माउन्टेन इनर्जी नेपाल लिमिटेडको ५.३३ प्रतिशतले घटेर १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ । यूनियन लाइफ इन्स्योरेन्को ५.५३ प्रतिशतले घटेर ८ सय १६ रुपैयाँ पुगेको छ । ङादी ग्रुप पावरको ४.३३ प्रतिशतले घटेर १ हजार २ सय १५ रुपैयाँ पुगेको छ । नेपाल एसबिआई बैंक लिमिटेडको ३.४१ प्रतिशतले घटेर ४ सय १० रुपैयाँ ५० पैसा पुगेको छ । 

त्यसैगरी, आज गोर्खाज फाइनान्सको सेयर पनि घटेको छ । आज कम्पनीको सेयर ३.२२ प्रतिशतले घटेर १ हजार १ सय १३ रुपैयाँ पुगेको छ । सनराइज फर्स्ट म्यूचुअल फण्डको ३.२१ प्रतिशतले घटेर १८ रुपैयाँ ३९ पैसा पुगेको छ । हिमालयन पावर पार्टनरको २.७१ प्रतिशतले घटेर ६ सय ८१ रुपैयाँ पुगेको छ । मिर्मिरे लघुवित्तको सेयर २.६८ प्रतिशतले घटेर १ हजार ९ सय ६२ रुपैयाँ पुगेको छ र एक्सेल डेभलपमेण्ट बैंकको सेयर २.५६ प्रतिशतले घटेर १ हजार १ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।     

611a329a655cd.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।