लगानी खबर, काठमाडाैँ - गरिमा विकास बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।
बैंककाे साउन २१ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा भदाै १५ गते, मंगलबार बैंकको प्रधान कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ ।
विशेष साधारण सभामा गरिमा विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ ।
त्यसैगरी, सभामा सञ्चालक समितिले निर्धारण गरेको १ बराबर १ को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव स्विकृत गरिनेछ ।
यसैगरी, सभामा प्राप्ति पश्चात गरिमा विकास बैंकको चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार कायम हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त भदौ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, भदाै ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।