Like us!
Follow us!

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश लिन अनुरोध

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश लिन अनुरोध

लगानी खबर, काठमाडाैँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

बैंककाे विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको २०७७/७८ सम्ममा ५ वर्ष अवधि नाघेकाे नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले बैंकको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड, लागिम्पाट, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमाेजिम स्थापना भएकाे "लगानीकर्ता संरक्षण कोष" मा जम्मा हुनेछ ।

त्यसैगरी, बैंकले विगत १० वर्ष वा सो भन्दा बढी समयदेखि चल्तीमा नरहेका खाताहरुलाई सुचारु गर्न सम्बन्धीत निक्षेपकर्ताले आवश्यक प्रमाणसहित बैंकको सम्बन्धित शाखामा सम्पर्क गर्न पनि अनुराेध गरेकाे छ ।

 

6119ff97cc80a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।