Like us!
Follow us!

नेप्सेमा ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्सेमा ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडौं - आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको हो ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज १० प्रतिशतले बढेर २ हजार ९ सय ३४ रुपैयाँ ८० पैसा पुगेको छ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको १० प्रतिशतले बढेर ४ सय ३८ रुपैयाँ ९० पैसा पुगेको छ र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर १० प्रतिशतले बढेर ४ सय ५९ रुपैया ८० पैसा पुगेको छ ।

यो समाचार तयार पार्दा सम्म नेप्से परिसूचक ११.२२ अकंले बढेर ३१६५.५५ विन्दुमा पुगेको छ । त्यस्तै, ७ अर्ब २५ करोड १८ लाख १९ हजार ६ सय १९ रुपैयाँको कारोबार भएको छ ।  

611a118ac6a02.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।