Like us!
Follow us!

नबिल बैंकले गर्याे ऋणपत्र बाँडफाँड

नबिल बैंकले गर्याे ऋणपत्र बाँडफाँड

लगानी खबर, काठमाडाैँ - नबिल बैंक लिमिटेडले साउन १० गते आईतबारबाट साउन २४ गते, आईतबारसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई हिजाे (साउन ३१ गते, आईतबार) बाँडफाँड गरिएकाे बैंकले जानकारी दिएकाे छ ।

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएकाे हाे । सर्वसाधारणका लागि छुट्याइएकाे कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । 

611a042d11139.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।