Like us!
Follow us!

कुमारी क्यापिटलले डाक्याे साधारण सभा, ९% लाभांश वितरण गर्ने

कुमारी क्यापिटलले डाक्याे साधारण सभा, ९% लाभांश वितरण गर्ने

लगानी खबर, काठमाडाैँ - कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे श्रावण २८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे तेश्राे वार्षिक साधारण सभा भदौ १८ गते कुमारी बैंक लिमिटेड, काठमाडौंमा दिउँसाे १२:३० बजेबाट सुरू हुनेछ ।

सभामा हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिबाट सिफारिस गरे बमाेजिम कम्पनीकाे चुक्ता पुँजीकाे एक बराबर एक (१:१) काे अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू रहेका छन् ।

6119f5f9da381.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।