Like us!
Follow us!

नेप्सेमा २ वटा म्युचुअल फण्डकाे मूल्य समायाेजन

नेप्सेमा २ वटा म्युचुअल फण्डकाे मूल्य समायाेजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ईकाइ मूल्य समायोजन भएको छ ।

समायोजन पछि सिद्धार्थ इक्विटी फण्डको ईकाइ मूल्य १२ रुपैयाँ ६० पैसा कायम भएकोछ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ईकाई मूल्य १२ रुपैयाँ ५३ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

हिजो आईतबारको अन्तिम कारोबारमा सिद्धार्थ इक्विटी फण्डको १५ रुपैयाँ ६० पैसामा  र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १५ रुपैयाँ ५३ पैसामा कारोबार भएको थियो सोहि मूल्यका आधारमा इकाई मूल्य समायोजन गरिएको हो । 

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।