लगानी खबर, काठमाडौं - ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।
कम्पनीकाे आज (साउन ३१ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसैगरी, कम्पनीले हकप्रद सेयर पनि निष्कासन गर्ने प्रस्ताव गरेकाे छ । कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेकाे छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १:२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।
                         
                                                    
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।