लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजार घटेको छ । आज नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१५४.०३ विन्दुमा पुग्दा सेयर बजार राताम्मै भएको हो । आइतबार नेप्से ०.७८ प्रतिशतले घटेको हो ।
राताम्मै भएको बजारमा आज एनआईबिएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर ८.५४ प्रतिशतले घटेर १२ रुपैयाँमा ८५ पैसामा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, सर्वाधिक सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : रिडी हाइड्रोपावरको सेयर ८.५२ प्रतिशतले घटेर ८ सय ५ रुपैयाँ पुगेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको ८.४८ प्रतिशतले घटेर ६ सय ४ रुपैयाँ पुगेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको ६.७१ प्रतिशतले घटेर ८ सय ३३ रुपैयाँ १० पैसा पुगेको छ । रसुवागढी हाइड्रोपावरको ६.३४ प्रतिशतले घटेर ५ सय १ रुपैयाँ १० पैसा पुगेको छ ।
त्यस्तै, आज रिलायन्स फाइनान्सको सेयर पनि घटेको छ । आज कम्पनीको सेयर ६ प्रतिशतले घटेर ६ सय ३४ रुपैयाँ ५० पैसा पुगेको छ । अपर तामाकोशी हाइड्रोपावरको सेयर ५.९६ रुपैयाँले घटेर ८ सय २१ रुपैयाँ पुगेको छ । अरुण भ्याली हाइड्रोपावरको ५.८८ प्रतिशतले घटेर ५ सय ९२ रुपैयाँ पुगेको छ । नेपाल हाइड्रो डेभलपर्सको ५.८६ प्रतिशतले घटेर ७ सय ३९ रुपैयाँ पुगेको छ र कालिका पावर कम्पनीको सेयर ५.७१ प्रतिशतले घटेर ७ सय ९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।