Like us!
Follow us!

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने उछाल

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने उछाल

लगानी खबर, काठमाडौं  - साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यद्यपी कारोबार रकमले भने अलटाइम हाइ रेकर्ड राखेको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेकाे थियो । यसको प्रभाव सेयर बजारमा देखिएको छ  ।

मौद्रिक नीतिले सेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिन सक्ने र एक बैंकबाट ४ करोड मात्रै लिन पाइने व्यवस्था गरेको छ  ।  यसको प्रभाव बजारमा देखिएको हो ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१५४.०३ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ०.७८ अंकले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.९० अंकले घटेर ५८९.२८ विन्दुमा पुगेको छ ।

यता कारोबार रकममा भने उछाल आएको छ । आज कूल २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको कारोबार भएको छ । यो अलटाइम हाइ रेकर्ड हो । 

यसअघि गत जेठ ३० गते आइतबार १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भइ बजारमा नयाँ रेकर्ड बनेको थियो । आज सोहि रेकर्डलाई ब्रेक गरेर बजारमा २१ अर्ब ६४ करोडको कारोबार भएको हो ।

कूल १३ उपसमूहमध्ये ३ वटा मात्र कम्पनीको सेयरमूल्य बढेको छ भने बाँकी १० उपसमूहको सेयरमूल्य घटेको छ ।

6118def7eacfd.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।